सर्लाही–४ को बलरामा विवाद मिलेसँगै मतदान पुनः सुरु



सर्लाही । सर्लाहीको बलरामा विवादपछि रोकिएको मतदान पुनः सुरु भएको छ।

बलरा नगरपालिका–४ को श्री प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मतदान स्थगित भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह मतदान स्थल पुगेपछि विवाद सुरु भएको थियो।

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहितको टोली मतदान केन्द्रमा पुगेर विवाद समाधान गरेपछि मतदान पुनः सुरु गरिएको हो।

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपार्टीका अमरेशकुमार सिंह उम्मेदवार छन्।

यसअघि बलरा–१ स्थित अर्को मतदान केन्द्रमा पनि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। सीडीयो र प्रहरी प्रमुख पुगेर सम्झाएपछि मतदान सुरु भएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्