मतदान गर्न गएका वडाध्यक्षमाथि हातपात, पदमा अस्पतालमा उपचार हुँदै



कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) माथि आक्रमण भएको छ।

वडा नम्बर–१० स्थित शंकर प्राविको मतदानस्थलमा मतदान गर्न जाने क्रममा शाहीमाथि आक्रमण भएको हो।

मतदान गर्न जाने क्रममा शाहीमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको कांग्रेसले आरोप लगाएको छ।

२०७९ को निर्वाचनमा शाहीसँग एमालेबाट वडाध्यक्षमा पराजित राम भण्डारीको समूहले ढुंगा प्रहार गरेको बताइएको छ।

उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्