झापा-५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण मतदान जारी
झापा। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ मा मतदान जारी छ ।
बिहीबार बिहानैदेखि झापा ५ का मतदाताहरू लाइनमा बसेर मत खसालिरहेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भएसँगै अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको थियो ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आज देशभर सम्पन्न हुँदैछ ।
झापा-५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह लगायतका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।
ओली र बालेनबीचको ‘हाइ(प्रोफाइल’ भिडन्तका कारण यो क्षेत्र राजनीतिक चर्चाको केन्द्रमा रहेको छ।
दुवै मुख्य प्रतिस्पर्धीले आफूलाई मतदान गर्न भने पाएनन्। एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेको छ भने बालेनको नामावली काठमाडौँमा रहेको छ।
आफ्नै क्षेत्रमा मतदाता नरहे पनि दुवै नेताले आ-आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै आएका छन्।
यसअघि यस क्षेत्रबाट निरन्तर जित्दै आएका ओली र युवा पुस्तामाझ लोकप्रिय रहेका बालेनबीचको यो टक्करलाई धेरैले ‘अनुभव र नयाँ जोस’ बीचको लडाइँका रूपमा हेरेका छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार
















