मतदान केन्द्र अगाडि प्रेसर कुकर बम फेला, सेनाद्धारा निष्क्रिय



बाँके । बाँकेको एक मतदान केन्द्र अगाडि प्रेसर कुकर बम फेला परेको छ।

बाँके क्षेत्र नम्बर १, नेरा माबी चिaलहरिया मतदान केन्द्र अगाडि बिहान प्रेसर कुकर बम फेला परेको हो ।

बम रहेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय गरेपछि पुनः मतदान सुरु गरिएको छ।

हाल उक्त मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

अहिलेसम्म करिब ४५ प्रतिशत मत खसिसकेको बताइएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्