गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो
गण्डकी । देशभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ ।
प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
गण्डकी प्रदेशका सबै ११ वटै जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको निर्वाचन आयोगले बताएको छ।
गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन्, जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका छन् ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार
















