काठमाडौं १ मा रञ्जु दर्शना भारी मतसहित विजयी
काठमाडौं । काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना विजयी भएकी छिन् ।
भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् ।
६ हजार ३६४ मतसहित नेपाली काँग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत प्राप्त गरेका छन् ।
२०७४ सालमा स्थानीय तहको निर्वाचनमा पनि रञ्जु दर्शनाले २२ वर्षकै उमेरमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी थिइन् ।
त्यसको ९ वर्षपछि रञ्जु दर्शना प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार
















