कैलाली र कञ्चनपुरका ७ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु



धनगढी । कैलाली र कञ्चनपुरका ७ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। कैलाली क्षेत्र नम्बर १, ५, ३ र ४ मा मतगणना केहि बेर अघि सुरु भएको हो।

उता कञ्चनपुरका ३ वटै निर्वाचनमा क्षेत्रमा पनि मत गणना जारी छ। अव कैलालीको क्षेत्र नम्बर २ मा मात्रै मतगणनाको काम सुरु हुन बाँकी छ। प्रदेशका पहाडी जिल्लामा भने मतगणनाको काम अझै सुरु भएको छैन। डडेलधुरामा ११ बजेदेखि मत गणना हुनेछ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्