नेकपा एमालेले भन्यो- जनताले जे निर्णय गर्छन स्वीकार्य छ



काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको निर्वाचनमा रास्वपा बहुमततिर अग्रसर भएपछि प्रारम्भिक प्रतिक्रिया दिँदै उनले प्रतिनिधि सभाको निर्वाचनको परिणाम स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

उनले भने- ‘अहिले सबै फैसला आइसकेको छैन। जनताको अभिमतबाट प्रकट हुने निर्णय जे छ त्यो निर्णय स्वीकार्नुपर्छ। सबै नेतृत्वले स्वीकार्नुपर्छ। हामीसँग स्वीकारेर जानुको विकल्प हुँदैन।’

जनताको अभिमतबाट प्रकट हुने निर्णय स्वीकार गरेर आगामी दिनमा संगठन निर्माण र राजनीतिक मूल्य मान्यता स्थापित गर्ने उनको भनाई छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्