बैतडीमा मतगणनाको तयारी अन्तिम चरणमा



बैतडी । बैतडीमा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठक सम्पन्न भएसँगै मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ।

दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । जिल्ला सदरमुकाम गोठालापानीको गडीमा रहेको जिल्ला अदालतमा मतगणना हुने जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दिपक कुमार रायले जानकारी दिए।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्