एकैदिन ४२ सय रुपैयाँले घट्यो सुन



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुन प्रतितोला ४२ सय रुपैयाँले घटेर ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी ९५ रुपैयाँले घटेर ५ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारका दिन ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्