ओलीसँग मतान्तर बढाउँदै बालेन, ४ हजार बढी मतले अगाडि
काठमाडौं । झापा–५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले अग्रता बढाउँदै लगेका छन् ।
मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले चार पटकसम्म प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका हहुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ५२५४ पुगेको छ भने ओली १२४८ मतका साथ पच्छ्याइ रहेका छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ३२५ मतका साथ तेस्रो स्थनामा छन् । यहाँ नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८५ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत पाएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाउँदा जनमतका अमृतलाल महतोले १४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त सम्पाङ (राई) ले १० मत पाएका छन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार
















