राजुनाथ पाण्डे कुलमान घिसिङभन्दा ४४ सय मतले अघि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् ।
रास्वपाका राजुनाथ पाण्डे उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई ४ हजारभन्दा बढी मतले पछि पारेका हुनन्।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका पाण्डेले ११ हजार १३८ मत प्राप्त गर्दा उज्यालोका घिसिङले ६ हजार ६९९ मत पाएका छन्।
उनीहरूलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालको पक्षमा ३ हजार ८९८ मत परेको छ।
नेकपा एमालेका रामेश्वर फुयालले १ हजार ९४४ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दरराम बोहराले ४६५ मत ल्याएका छन्।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका निरज लामा २६७, श्रम संस्कृति पार्टीका सुवास घिसिङ २१९, स्वतन्त्र उम्मेदवार केशव नपालले १५४ मत पाएका छन्।
नेशनल रिपब्लिक नेपालका प्रेम छिरी शेर्पा, मितेरी पार्टी नेपालका जितबहादुर तामाङले एक एक मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार प्रदीप काफ्ले र आम जनता पार्टीकी रूपसागर देवीले २२ मत ल्याएका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार
















