टी–२० विश्वकपको उपाधि भिडन्त आज भारत र न्युजिल्यान्ड भिड्दै



काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को उपाधिका लागि आइतबार साबिक विजेता भारत र न्युजिल्यान्ड भिड्दै छन् ।

फाइनल खेल भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार साँझ सवा ७ बजे सुरु हुनेछ ।

भारतले दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो । न्युजिल्यान्डले भने पहिलो सेमिफाइनलमा साविक उपविजेता दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

यसअघि सन् २०२१ मा भएको विश्वकपमा न्युजिल्यान्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेपनि अष्ट्रेलियासँग पराजित भएको थियो ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्