जित्ने पक्का भएपछि हर्क साम्पाङको सुझाव- सरकारको नेतृत्व बालेन भन्दा रविले गरे राम्रो
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो हुने सुझाव दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो। नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन् । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ,’ उनले लेखेका छन्।
उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए ।
सुनसरी-१ बाट उम्मेदवार समेत रहेका साम्पाङले अग्रता बढाउँदै आफ्ना निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङपछि पारेका छन् ।
श्रम संस्कृति पार्टीका देशभरमा जम्मा एक जनाले मात्रै जित हासिल गरेको छ भने अध्यक्ष पनि जित पक्का भइसकेको छ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार
















