३५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो ।

सुन ३५ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी ३० रुपैयाँले बढेको हो ।

चाँदी आज ३० रुपैयाँले बढेर ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्