धनुषा क्षेत्र नं १ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय
धनुषा। निर्वाचन आयोगले धनुषा क्षेत्र नं १ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ ।
आयोगले आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई परिणाम घोषणा नगर्न भन्दै पत्राचार गरेको हो ।
आयोगले आवश्यक अनुसन्धान गरी कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी विभिन्न मितिमा एकल र संयुक्त रुपमा समेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेको प्रमाण पुगेपछि यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं। १ का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
किशोरीविरुद्ध २०८० मा नै बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको उजुरी परेको थियो ।
सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं। १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उनले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
उनी २०७४ सालमा नेकपा एमाले धनुषाबाट मधेस प्रदेश सभाको सदस्यमा निर्वाचित भएका थिए। २०७९ मा एमालेले टिकट नदिएपछि उनी सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्दै चुनाव पनि लडे पनि उनी पारजीत भएका थिए।
अहिले रास्वपाबाट टिकट पाएर चुनावमा होमिएर भारी मत पाएपनि आयोगले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार
















