पारा एथेटिक्स टोली भारत प्रस्थान



काठमाडौँ, २४ फागुन विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

मार्च १० देखि १३ तारिखसम्म हुने प्रतियोगितामा तीन पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र चार सय मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्नुहुनेछ । 

टोली प्रमुखमा राष्ट्रिय पारा एथलेटिक्स सङ्घ नेपालका सचिव साङबु भोटे रहनुभएको छ । टोलीलाई सङ्घका अध्यक्ष ओमनाथ सिवाकोटीले आइतबार नै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो । 

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्