सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले घटेर तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा तीन लाख १६ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी ६५ रुपैयाँले घटेर तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्