प्रतिनिधि सभामा निर्वाचित भएलगत्तै किताब बेच्न हिँडे महावीर पुन



काठमाडौं । म्याग्दीबाट ठूलो मतान्तरसहित प्रतिनिधि सभा सदस्य निर्वाचित जितेका महावीर पुन पुनः किताब बेच्न हिँडेका छन् ।

पूर्वमन्त्री समेत रहेका महावीरले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने आवश्यक परेकाले पुनः आफ्नो पुस्तक बिक्री गर्न लागेका हुन् ।

‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु। चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताब लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । वीरगंजमा कृषि औजार कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि,’ महावीरले सामाजिक सञ्जालमा किताब बेच्न जाने जानकारी गराउँदै भनेका छन् ।

उनले पोखराकै पृथ्वीचोकमा दिउँसो १ बजे र महेन्द्रपुलमा दिउँसो ४ बजे पुस्तक बेच्न पुग्ने बताएका छन् ।

यसअघि पनि उनी निरन्तर आफ्नो आत्मकथा बेच्दै त्यसबाट आएको पैसाले वीरगञ्जमा रहेको कृषि औजार केन्द्रमा लगानी गर्दै आइरहेका थिए ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्