बालेनले सबैभन्दा पहिले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण, कति खर्चिए ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
उनले निर्वाचन भएको ४ दिन मै सबैभन्दा पहिले झापा- ५ क्षेत्रको प्रतिनिधि सभा निर्वाचनमा कति रकम खर्च भएको जानकारी आयोगमा पेश गरेका हुन्।
विवरणअनुसार बालेनले उक्त चुनावमा कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उम्मेदवारहरूले निर्वाचन सकिएपछि आफूले गरेको सम्पूर्ण खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।
बालेनले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका थिए।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार
















