इलाका प्रहरी कार्यालय भित्रै प्रहरी जवान मृत भेटिए, डीएसपीको नेतृत्वमा छानविन समिति



धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरको हाताभित्र एकजना प्रहरी जवान मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार सोही कार्यालयमा कार्यरत बझाङ्ग घर भएका प्रहरी जवान ३० वर्षका सन्देशबहादुर चनारा गएराति मृत भेटिएका हुन् ।

मृतक प्रहरी जवान कार्यालयको छतबाट खसेको भनिएको छ । प्रहरीका अनुसार राति ११ बजे मृतक प्रहरी जवानलाई अर्को सुरक्षाकर्मीले लडेको अवस्थामा भेटेका थिए ।

उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरी जवान मृत्युको बारेमा छानबिन गर्न प्रहरी नायब उपरिक्षक तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।

संयोजक तिमिल्सिनाले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्