चेक अनादर प्रकरणमा धनगढीका व्यापारी प्रहरीको फन्दामा



धनगढी । कैलालीको धनगढीस्थित एक व्यवसायी चेक अनादर (बाउन्स) मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका सागर चौधरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । धनगढीकै अनिल कुमार बमले दिएको जाहेरीका आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले चौधरीलाई साढे ८ लाख रुपैयाँ बराबरको चेक अनादर मुद्दामा पक्राउ गरिएको जानकारी दिए ।

नियन्त्रणमा लिएपछि प्रहरीले दुवै पक्षबीच सहमति गराउने प्रयास गरेको भए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन।

प्रहरीका अनुसार यदि दुवै पक्षबीच सहमति हुन सकेन भने मुद्दा जिल्ला अदालतमा पेश गरिनेछ । तर आपसी सहमतिमा विवाद टुंगिएमा त्यसबारे अन्तिम निर्णय सरकारी वकिलको कार्यालयले गर्नेछ ।

चौधरी धनगढीस्थित न्यू एस एण्ड एस फेन्सीका सञ्चालकसमेत रहेका छन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्