समानुपातिकतर्फ पनि रास्वपा कटायो ५० लाख मत, अरुले कति पाए ?
काठमाडौं । प्रत्यक्षमा १२५ क्षेत्रमा जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि ५० लाख मत कटाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ रास्वपाले अहिलेसम्म सबैभन्दा धरै ५० लाख ११ हजार ८९१ मत पाएको हो ।
त्यसैसरि दोस्रोमा नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४ पाएको छ ।
नेकपा एमालेले १४ लाख १२ हजार ८५३ पाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले सात लाख ६७ हजार ९९९ पाएको छ ।
यस्तै श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३२४ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ ।
अब करिब पाँच लाख मत गन्न बाँकी छ ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार
















