१६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, चार जना पक्राउ



सुर्खेत । सुर्खेतबाट बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई मंगलबार पक्राउ गरेको हो ।

फागुन २३ गते जिल्लाको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसा विक वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

बेहोस फेला लगतै इनिसालाई प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यसपछि कक्षा ११ मा अध्ययनरत इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आफन्तले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

उजुरीपछि सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

साथै जिल्ला प्रहरी कार्यालयले पोस्टमार्टम रिपोर्ट आएपछि थप निष्कर्षमा पुग्ने बताएको छ।

फागुन २३ गते बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी इनिसा वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्