दुई हजार रुपैयाँले बढ्यो सुन, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा तीन लाख १७ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा पाँच हजार ७२० रुपैयाँमा कायम भएको छ ।

मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्