आज र भोलि काठमाडौं–दुबई–काठमाडौं उडान हुँदै



काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई–काठमाडौं विशेष उडानको तयारी गरेको छ ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो ।

निगमका अनुसार आज राति ११ बजे काठमाडौंबाट दुबई उडान हुनेछ भने दुबईबाट फर्किने उडान भोलि बिहान ४स्१० बजे स्थानीय समयअनुसार सञ्चालन हुनेछ ।

फेब्रुअरी २८ देखि मार्च ९ सम्मका लागि टिकट बुक गरेका र यात्रा गर्न नसकेका यात्रुले यस विशेष उडानमा सहभागी हुन सक्नेछन् ।

टिकट प्रमाणीकरणका लागि निगमले यात्रुलाई इमेलमार्फत जानकारी पठाउन आग्रह गरेको छ ।

साथै निगमले प्रमाणीकरण गरेका यात्रुहरूलाई मात्र विमानस्थल जान अनुरोध गरिएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्