ग्रीस पठाइदिन्छु भन्दै पच्चीस लाख ठगी, एकजना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ठगी आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई पक्राउ गरेको हो । ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु २५ लाख लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्