एमालेले गर्‍यो गाउँपालिका उपाध्यक्षलाई पार्टीबाट निष्कासन, कांग्रेसलाई भोट मागेको आरोप



धनकुटा । नेकपा एमालेले धनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ ।

शुक्रबार धनकुटा जिल्ला कमिटी बैठकले गाउँपालिका उपाध्यक्ष राईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

उपाध्यक्ष राईमाथि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई भोट मागेको आरोप लागेको छ ।

लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताएका छन् ।

भीम राईको संयोजकत्वमा गठित छानबिन समितिले मुनालाई कारबाही सिफारिस गरेको थियो ।

धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई पुनः निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्