रास्वपाको सचिवालय बैठक भर्चुअल बस्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको छ ।

पार्टी सभापति रवि लामिछाने को स्वास्थ्य समस्या देखिएको कारण बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुन लागेको हो ।

हाल स्वास्थ्य लाभ गरिरहेका सभापतिसँग डिपी अर्याल र डा.स्वर्णिम वाग्ले उपस्थित छन् ।

यता पार्टीका नेताहरू शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरू कार्यालयमा उपस्थित छन् भने अन्य केही नेताहरू कार्यालयबाट फर्किएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने छ ।

फागुन २१ सम्मपन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ ।

साथै बैठकमा पार्टीभित्रको वर्तमान व्यवस्थापन र आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्