पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कहाँ कति पुग्यो ?



काठमाडौँ, चैत्र २ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । यससँगै अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ ।

त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्