सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटबढ भएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ ।
हिजो प्रतितोला पाँच हजार २७० रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार २६५ रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार
















