डिभी चिट्टा २०१७ को नतिजा आयो, यसरी हेर्नुहोस् परिणाम



काठमाडौं, वैशाख २०

अमेरिकाले गत वर्ष खोलेको इडिभी चिट्टाको नतिजा मंगलबार राति सार्वजनिक गरेको छ । सन् २०१८ को इडीभी नतिजा मंगलबार राति ९: ४५ बजे सार्वजनिक भएको हो।

डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ ।  डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन।

गत वर्ष ४ अक्टोबर देखि ७ नोभेम्बर सम्म डिभीका लागि आवेदन खुल्ला भएको गरिएको थियो। अमेरिकाको ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटले डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरे पनि अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यान्हपछि सार्बजनिक हुन्छ।

यस डीभी चिठ्ठाको नतिजा यहाँ गएर हेर्न सकिन्छ ।

डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८बजेदेखि बेलुका ८ बजेसम्म) सो केन्द्रमा फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यस्तै अमेरिकामा रहनेहरूले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्नेछन्। निवेदकहरुले [email protected] मा ईमेल गरेर पनि जानकारी लिन सक्ने दूतावासले जनाएको छ।

यसैबीच दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउँने स्मरण गरएको छ ।

‘दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनुहुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन,’ दूतावासले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News