काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा, सभापति थापा अनुपस्थित
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केही समयअघि सुरु भएको उक्त बैठकमा समसामयिक दुई प्रमुख विषयमा छलफल केन्द्रित रहने जनाइएको छ।
बैठकको हालै सम्पन्न निर्वाचनको प्रारम्भिक विश्लेषण गर्ने र पार्टीभित्र देखिएको नेतृत्वसम्बन्धी विषयमा छलफल गर्ने तयारी गरिएको छ।
बैठकमा मुख्य कार्यसूचीअन्तर्गत सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने भएको छ ।
सभापति थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार मात्रै राजीनामा पत्र बुझाएका छन् ।
उपसभापति शर्माको अध्यक्षतामा बसेको बैठकमा थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने छ
तर, उक्त महत्वपूर्ण बैठकमा सभापति थापा स्वयं भने अनुपस्थित रहेको जनाइएको छ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार
















