प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा



काठमाडौँ । शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो । 

क्यानका अनुसार प्रतियोगिताको विजेता टोलिले रु १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले रु पाँच लाख पाउनेछन् । काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानबाट सुरु हुने उक्त प्रतियोगिताका खेलहरू पर्सा र जनकपुरमा समेत सञ्चालन हुनेछन् । 

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्