आज विश्व पानी दिवस मनाइँदै
काठमाडौँ, चैत्र ८ । आज विश्व पानी दिवस मनाइँदै छ ।
पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ तारिखलाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ ।
नेपालमा यसवर्ष ‘लैंगिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइँदै छ ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार
















