पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाडौं, चैत्र ८ । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
झडेवाबाट रहबासको चुनढुङ्गाखानीका लागि छुटेको लु २ ख ४५२५ नम्बरको खाली टिपर माथागढी गाउँपालिका–७ रहबासमा शनिबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा टिपर चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार, त्यही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देबदह नगरपालिका–२ खैरेनीका सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका राजन चिदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार
















