आजपनि घट्यो सुनको मूल्य, चाँदीको के भयो ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा दुई लाख ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ८० रुपैयाँले बढेर चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी तोलामा चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार
















