दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



दाङ, चैत्र १३ । घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्