बालेन नेतृत्वको सरकारका लागि मन्त्री छान्दै रास्वपा



काठमाडौं, चैत्र १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बन्न लागेको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाइँदैछ ।

बालेनले आज १२ः३४ बजे प्रधानमन्त्री पदको शपथ लिँदैछन् । त्यसअघि नै मन्त्रीको टुंगो लगाउने कार्य तीव्र पारिएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि शीर्ष नेताहरूबीच आज बिहानदेखि मन्त्रालय बाँडफाँड र मन्त्री छनोटबारे निरन्तर छलफल भइरहेको छ। छलफलमा बालेन, सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्याल सहभागी रहेका छन्।

पार्टी स्रोतका अनुसार बालेनले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् भने मन्त्रालयहरूको संख्या घटाउने विषयमा पनि छलफल भइरहेको छ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्