बालेनको क्याबिनेटमा को–को बन्दैछन् मन्त्री ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ। रास्वपा स्रोतका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेको नाम टुंगो लागेको छ।

त्यस्तै शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने तयारी छ। त्यसैरी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरूङको नाम टुंगो लागेको रास्वपा स्रोतले जनाएकाे छ। त्यस्तै प्रतिभा रावललाई कृषि तथा सामान्य प्रशासन मन्त्री बन्न लागेकी छिन्।

उद्योग मन्त्री अमरेश सिंहलाई बनाउने भएको छ भने कानुन मन्त्री सोबिता गौतम, स्वास्थ्य मन्त्रीमा निशा मेहता, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, महिला बालबालिकामा सिता वादी लगायतको नाम मन्त्रीका लागि टुंगिएको हो।

अन्य मन्त्रीको नाम पनि टुंगो लाग्ने क्रममा रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरिसकेका छन् ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्