गृहबाट पछि हटेका डीपी अर्याल अब सभामुख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीच भएको उच्चस्तरीय सहमतिपछि अर्याललाई सभामुख बनाउने निर्णय भएको हो ।
यसअघि अर्याल गृहमन्त्रीका प्रमुख दाबेदारका रूपमा अगाडि थिए। तर गृह मन्त्रालयमा सुदन गुरुङ ले अडान नछोडेपछि सत्ता समीकरणमा परिवर्तन आएको हो ।
अन्ततः शक्ति सन्तुलन मिलाउन अर्याल सभामुख बन्न राजी भएका हुन् ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार
















