बालेनको १५ सदस्यीय क्याबिनेटमा सीता वादीसहित ५ महिला मन्त्री



काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ ।

बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ ।

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गर्दा ५ जना महिलालाई समेटेको छ ।

जसमा दलित समुदायबाट सीता वादी समेत छिन् ।

यस्तै रास्वपाले सोबिता गौतमलाई कानुन, प्रतिभा रावललाई सामान्य प्रशासन, गीता चौधरीलाई कृषि, निशा मेहतालाई स्वास्थ्य र सीता वादीलाई महिलामन्त्री बनाएको छ ।

१५ सदस्यीय मन्त्रिपरिषद्‌को पूरा सूची

बालेन्द्र शाह – प्रधानमन्त्री

स्वर्णिम वाग्ले – अर्थमन्त्री

सोबिता गौतम- कानुनमन्त्री

शिशिर खनाल – परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ- ऊर्जामन्त्री

सुनिल लम्साल -भौतिक पूर्वाधार मन्त्री

सुधन गुरुङ – गृहमन्त्री

प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

गीता चौधरी – कृषीमन्त्री

विक्रम तिमिल्सिना- सञ्चारमन्त्री

दीपक साह – श्रममन्त्री

सस्मित पोखरेल- शिक्षामन्त्री

खडक पौडेल (गणेश) – पर्यटनमन्त्री

सीता वादी- महिलामन्त्री

निशा मेहता – स्वास्थ्य

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्