नयाँ सरकार गठनसँगै मन्त्रीहरूको वरियता निर्धारण, सुदनलाई स्वर्णिम वाग्लेपछिको तेस्रो स्थान



काठमाडौं । नयाँ सरकार गठनसँगै मन्त्रीहरूको वरियता निर्धारण गरिएको छ ।

बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारमा गृहमन्त्री सुदन गुरुङलाई तेस्रो वरियता दिइएको छ ।

नेपालमा प्रचलित अभ्यासअनुसार मन्त्रीहरूको वरियता निर्धारण गर्दा अनुभव र वरिष्ठतालाई आधार मान्ने गरिन्छ । विशेषगरी पहिले मन्त्री भइसकेका व्यक्तिलाई उच्च वरियतामा राख्ने परम्परा रहेको छ ।

सरकारको वरियता क्रममा वरीयतामा प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम वाग्लेपछि गृहमन्त्री गुरुङको स्थान निर्धारण गरिएको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनबाट चर्चामा आएका गुरुङले अनुभवी अनुहारहरूलाई पछि पार्दै सरकारको शक्तिशाली तेस्रो वरीयतासहित गृह मन्त्रालयको बागडोर हात पारेका छन्।

गुरुङपछि परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खडक पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल,स्वास्थ्य मन्त्री निशा मेहताको वरीयता छ।

यस्तै, सञ्चारमन्त्री विक्रम तिमल्सिना,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानूनमन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दिपक साह र महिला बालबालिका मन्त्री सीता वादीको वरीयता छ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्