मन्त्रिपरिषद्काे पहिलाे बैठक : कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत चार निर्णय



काठमाडौँ, १३ चैत । बालेन्द्र साह (बालेन) नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत चारवटा निर्णय गरेको छ । 

सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । 

बैठकले गरेका निर्णयः

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।

– नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।

– सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)

– भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्