महान्यायाधिवक्ता बरालद्वारा राजीनामा
काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
उहाँलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गर्नुभएको थियो । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको बिदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार
















