पुजा गरेर बालुवाटार सरे नवनियुक्त प्रधानमन्त्री शाह



काठमाडौँ, १३ चैत  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुभएको छ । 

शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री बालेन साँझ सरकारी निवास प्रवेश गर्नुभएको हो । 

उहाँले शुक्रार नै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरिसक्नुभएको छ । 

पदभार ग्रहण गरे लगत्तै मन्त्रालयका सचिवालाई निर्देशन दिनुभएका नवनियुक्त प्रधानमन्त्री बालेनको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकसमेत बसिसकेको छ ।

बैठकले  भदौ २३ र २४ गतेको आन्दोलनको सम्बन्धमा छानबिन गर्न बनेको गौरीबहादुर कार्कीको अध्यक्षताको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्