पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं, चैत्र १५ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा अहिले देशभर साधारणतया बादल लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्