सिन्धुपाल्चोकमा भुकम्प गयो
काठमाडौँ, चैत्र १५ । सिन्धुपाल्चोकको नुल्थाला खर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ११ बजेर ३५ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र सिन्धुपाल्चोकको नुल्थाला खर्क क्षेत्रमा परेको हो ।
भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताइएको छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार
















