पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ



काठमाडौं, चैत्र १५ । पूर्व उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । सीआईबी प्रमुख एआईजी मनोज केसीले संक्षिप्त कुरा गर्दै खड्का पक्राउ परेको पुष्टि गरे ।

भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्