पूर्वगृहमन्त्री लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय ल्याइयो



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय ल्याइएको छ ।

शनिबार अदालत बिदा हुने भएकाले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्न लागिएको हो ।

शनिबार भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्